ललिता निवास प्रकरणः दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस: पूर्वप्रधानमन्त्री भट्टराई
प्रकाशित मिति
२०७६ माघ २३ गते, बिहीबार ०३:२६
काठमाडौं, ललिता निवास जग्गा प्रकरणमा मन्त्रीपरिषदमा निर्णयका लागि प्रस्ताव पठाउन तत्कालिन मन्त्री र सचिवहरुविरुद्ध आरोप पत्र दायर गर्ने तर निर्णय गर्ने तत्कालिन प्रधानमन्त्रीहरुलाई जोगाइएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भइरहँदा तत्कालिन प्रधानमन्त्रीले बाबुराम भट्टराईले ट्वीट गर्दे आलोचनाको टिप्पणी गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री भट्टराईले विश्वकल्याणका लागि शिवले कालकूट विष पिएको पौराणिक कथा उद्धृत गर्दै ‘‘कालकूट विष पिएर शिवजी नीलकण्ठ बने झैँ देशलाई आवश्यक पर्छ भने म पनि ’नीलकण्ठ’बन्न तयार छु ! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैँ फस्ने नहोस् !’’
ललिता निवास जग्गा प्रकरणमा जोडिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई सोधपुछ गरेपनि मुद्दा दायर गर्ने बेलामा उनीहरुलाई मुद्दा लगाउनु नपर्ने निर्णय गरे थियो । त्यसपछि सामाजिक सञ्जालमा नीतिगत निर्णय गर्ने प्रधानमन्त्रीहरुलाई जोगाइएको विषयमा आलोचना हुन पुगेको हो ।








प्रतिकृया