• ६ असोज २०८३, मंगलबार
  • १०ः२६ बिहान

गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेसद्वारा संसद अवरोध

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०२:४१

काठमाडौँ, प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको छ ।

National Life

आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेस भएकै कारण गच्छदारमाथि प्रतिसोधपूर्ण रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाउदै उनले सरकारले कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको भुसालले बताइन् ।

अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया