• ६ असोज २०८३, मंगलबार
  • ४ः०४ बेलुका

ओलीको समाचारलाई विश्वकै उत्कृष्ट घोषित

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०२:१३

काठमाडौं । खेल पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ’वेस्ट कोलम राईटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो ।
नेपालको तर्फबाट एनआईपीएसमा अवार्ड जित्ने ओली पहिलो पत्रकार बनेका छन् । ओली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव समेत हुन् । झण्डै डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन् ।

National Life

हंगेरीको बुडापेस्टमा सोमबार राति एक भब्य कार्यक्रमका बीच ओलीलाई विजेता घोषणा गरिएको छ । उनले स्पेन र अर्जे्न्टिनाको खेल पत्रकारको समाचारलाई पछाडी पार्दै नेपालका तर्फबाट सो अवार्ड प्राप्त गरेका हुन् । अवार्डसंगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले गत असार १९ गते काठमाडौं पोस्टमा ’मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए । विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका मध्य समाचार मध्य ओलीको समाचार उत्कृष्ट बनेको हो ।

प्रतिकृया