• १६ असोज २०८३, शुक्रबार
  • ८ः११ राती

चीनबाट उद्दार गरिएका नेपालीलाई संसद भवनमै राखौं : सांसद यादव

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार १२:५५

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको भन्दै उनले संसद भवन नै खाली गर्न प्रस्ताव गरेका हुन् ।

National Life

‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन । कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले भने । संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउन सांसद यादवले माग गरे । उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे । ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं ।’ सांसद यादवले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्नसमेत गरे ।

प्रतिकृया