• ६ असोज २०८३, मंगलबार
  • ४ः०५ बेलुका

ख्वप कलेजमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०६:४१

भक्तपुर । भक्तपुरको देकोचा स्थित ख्वप कलेजमा बुधबारदेखि तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी गरिएको हो । वार्षिकोत्सवकै अवसरमा भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक प्रदर्शनीको समारोहबीच गरे ।

National Life

प्रदर्शनीमा कलेजमा प्लस–टु देखि माष्टर्ससम्मका विद्यार्थीका स्टलहरु राखिएका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा संकायमा कक्षा ११ देखि स्नातकोतर तहसम्मका विद्यार्थीले बनाएका विभिन्न प्रदर्शनी गरिएका हुन् ।

कलेजका प्राचार्य रुपक जोशीले करिव १० हजार विद्यार्थीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखे । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिव ८ हजारले अवलोकन गरेको जोशीले स्मरण गरे । प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर अनि भक्तपुर लगायत उपत्यका बाहिरका बनेपा, पनौती, धुलिखेल लगायतका स्कुल कलेजहरुबाट पनि अवलोकनकर्ता विद्यार्थी आउने जोशीले जनाए । अवलोकन प्रवेश निःशुल्क गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कलेजको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी पनि पुरस्कृत भएका थिए । कलेजमा प्लस–टू देखि माष्टर्सँसम्मका ५ वटै संकायका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । साथै वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका उत्कृष्ट टिमहरु पुरस्कृत भएका थिए ।

यसअघि प्रदर्शनीका लागि कलेजका प्राचार्य जोशीको संयोजकत्वमा एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको थियो । वार्षिकोत्सव मुल उपसमिति, प्रचारप्रसार, वुलेटिन प्रकाशन, मञ्च तथा टेण्ड व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापन लगायतका २१ वटा उपसमितिहरु गठन गरिएका थिए ।

तस्वीरहरुः

 

प्रतिकृया