• ६ असोज २०८३, मंगलबार
  • ११ः२९ बिहान

समस्याहरुको पहिचान गरी समाधान गर्न जोड दिदैः मन्त्री बस्नेत

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०७:०३

भक्तपुर । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले राजनितिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्याहरु भएका कारणको पहिचान गरी समस्याको हल निकाल्नुपर्ने बताउनुभयो ।

National Life

भक्तपुरको सुर्यविनायकस्थित राष्ट्रिय प्राणि उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मन्त्री बस्नेतले काम गर्दै जादाँ नयाँ–नयाँ चुनौतीहरुको सामना गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । वन तथा वातावरणको विकास र भौतिक संरचनाको विकासलाई पनि सँगै लैजानुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले समस्याहरुको पहिचान गरी समाधानतर्फ लाग्नुमा जोड दिनुभयो ।

कार्यक्रममा वनलाई कृषि, पर्यटन र बहुआयामिक कुराहरु सगँ जोडेर कामलाई अघि बढाउदैं स्थानीय जनप्रतिनिधि सबै मिलेर प्राणी उद्यानको पूर्वाधारको काममा सहयोग र समन्वय गर्ने पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘जैविक विविधता संरक्षणको आधार वातावरण मैत्री पूर्वाधार‘‘ भन्ने मूल नाराका साथ ३६ औं वार्डेन सेमिनार तथा १८ औं मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक आजबाट शुरु भएको छ । उक्त बैठक तीन दिनसम्म हुनेछ ।

प्रतिकृया