• ६ असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

नेता गिरीको हत्या, निष्पक्ष छानबिन गर्न माग

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०७:१२

संचारमन्त्री बास्कोटाद्दारा आर्यघाटमा श्रद्धाञ्जली अर्पण

National Life

काठमाण्डौं । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती काठमाण्डौं ३१ बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।

भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाचिएको अबस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले मृतक गिरीको हत्या भएको दाबी गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ । उहाँले आजै महानगरीय प्रहरी बृत्त वानेश्वरमा ज्यान मुद्धा सम्बन्धी जाहेरी दिई घट्नाको निष्पक्ष छानबिन गरि हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । आफन्तले रेष्टुरेष्ट संचालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेष्ट संचालक सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको बताउनुभयो ।

आफन्तले रेष्टुरेष्ट संचालकले घट्नाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घट्नाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घट्नाबारे भन्न सकिने बताउनुभयो ।

मृतक गिरीको आजै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुग्नु भएका सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यष रमेश गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया