• २१ भदौ २०८३, आइतबार
  • ५ः१९ बिहान

समुदाय–प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार १२:१७

बर्दिया, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका–८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न बिषयमा मंगलबार प्रशिक्षण प्रदान गरिएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा “एक स्कुल एक कार्यक्रम” अन्तर्गत उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, सडक दुर्घटना, कोरोना भाइरस लगायतका विषयमा श्रव्यदृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको हो ।

साथै जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहत कार्यालयको सहकार्यमा बढैयाताल गाउँपालिका–२ सियापुरस्थित ओम शान्ति बौद्ध सहकारी संस्थानको हलमा सोही वडाका जेष्ठ नागरिक र महिला आमाहरुलाई कोरोना भाइरस सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया