अध्यक्ष देउजाद्वारा प्रहरीलाई सामग्री हस्तान्तरण
प्रकाशित मिति
२०७६ माघ १८ गते, शनिबार ०५:४२
भक्तपुर । भक्तपुरमा नेपाल प्रहरीलाई अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ । दिब्यशोरी युथ क्लब, भूखाडोल समाजको आजोजनामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष बचन देउजाद्वारा प्रहरी वृत्त थिमीका प्रमुख डिएपी शान्तिराज कोइरालालाई हस्तान्तरण गरिएको हो । प्रहरी बृत ठिमी भक्तपुर तथा प्रहरी प्रभाग बालकोटलाई पानी तताउने आधुनिक मेसिनसहितको सामाग्री हस्तान्तरण गरिएको छ।
सामुदाय–प्रहरी साझेदार कार्यक्रमलाई अझ व्यवस्थीत र प्रभावकारी बनाउने उद्देश्यका साथ दिव्यश्वरी युथ, भूखाडोल समाजले एक कार्यक्रम गरी उक्त सामग्रही हस्तान्तरण गरिएको हो । प्रहरी मेरो साथी भन्ने मुख्य नारालाई जनताको साथीको रुपमा स्थापीत गराउँदै लगेको नेपाल प्रहरीले भक्तपुरमा नारालाई व्यवहारीक रुपमा प्रयोगमा ल्याएको छ ।

शान्ति सुरक्षाको जिम्मेवारी संहालेको प्रहरीले भक्तपुरको विकास र समृद्धिमा समेत महत्वपूर्ण जिम्मेवारी रहेको छ । त्यती मात्र नरहि भक्तपुरको नेपाल प्रहरी सामाजिक अभियान्ताको रुपमा समेत स्थापीत भएको छ ।



प्रतिकृया