• २१ भदौ २०८३, आइतबार
  • ६ः५८ बेलुका

नेकपा बैठकमा एजेण्डाभन्दा बाहिरका कुरा: अध्यक्ष दाहालको जवाफ आइतबार

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ०४:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरूको नेताहरूले शासकीय स्वरूप परिर्वतन गर्नुपर्ने माग गरेको छ । शीर्ष तहमा रहेका नेताहरूले अझै शासकको शैलीमा प्रस्तुत हुने गरेको भनेर यो स्वभावलाई परिवर्तन गराउँनुपर्ने माग गरेका छन् । केन्द्रीय कमिटीको बैठकको छलफलको क्रममा बुधबारदेखि जारी रहेको टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेता रेणु दाहालले शासकीय स्वरूप परिवर्तनको विषय उठान गरेका छन्।

National Life

शनिबारको छलफलका क्रममा दुई समूहका टोली नेताले शासकीय स्वपरूप परिवर्तनको विषय उठान गरेका हुन्। कार्यकारी राष्ट्रपतिको पक्षमा विभिन्‍न दलले समेत आवाज उठाइरहेको बेला नेकपाभित्र केन्द्रीय कमिटीको बैठकमार्फत नेकपामा पनि यस विषयले प्रवेश पाएको छ। यस्तै, बैठकमा केन्द्रीय सदस्य दाहालले द्वन्द्व प्रक्रियाको बाँकी कामलाई समेत पूर्णता दिनुपर्ने माग राखेकी छन्। तत्कालीन माओवादी केन्द्र पक्षलाई द्वन्द्वकालीन घटनाले पटकपटक समस्यामा पार्दै आएको छ।

केन्द्रीय कमिटीको पार्टीको एजेण्डाभन्दा बाहिरका धेरै कुराले बैठकमा प्रवेश पाएको छ। मुख्यतयाः स्थायी कमिटीको बैठकबाट पार्टीभित्र विवादमा रहेको अमेरिकी सहायता एमसिसीले केन्द्रीय कमिटीको बैठकमा प्रवेश पाएसँगै बैठकको माहोल तालिएको छ। एमसिसीको विषयमा प्रधानमन्त्री ओलीले स्पाष्टोक्क्ति दिएपछि नेताहरू दुई धारमा विभाजीत भएका हुन्। बुधबारबाट चलेको बैठकमा शनिबारसम्म अध्यक्षको राजतीतिक र महासचिवको सांगठानिक प्रतिवेदनमाथि छलफलका लागि गठन गरिएको समूहका नेताले आफ्नो समूहका तर्फबाट भनाइ राख्‍ने क्रम सकिनेछ। शनिबार उठेको विषयवस्तुमाथि आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काउँने भएका छन्। एजेण्डाभन्दा बाहिरका धेरै कुराले बैठकमा प्रवेश पाएको हुनाले बैठक लम्बिनसक्ने बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया