• १७ असोज २०८३, शनिबार
  • ११ः१५ राती

महानिरीक्षक घिमिरेद्वारा प्रहरी कार्यालय मुस्ताङको निरीक्षण

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०४:५६

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले यही माघ १२ गते प्रहरी कार्यालय मुस्ताङको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको छ । प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउने उदेश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

National Life

सोही क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण तथा अवलकोन गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निरिक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले भौगोलिक विकटता र सिमित श्रोत साधनहरुको बावजुत पनि प्रहरीले उत्कृष्ठ कार्यसम्पादन गर्दै आईरहेको कुरा बताउँदै उहाँले इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै जनताको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने हुँदा कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी प्रहरी संगठनमा आई पर्ने चुनौतिहरुलाई व्यावसायिक तवरबाट सामना गर्दै कार्यक्षेत्रमा मन, वचन र कर्मले समर्पित रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भएको छ ।

साथै उपलब्ध साधन श्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै समुदाय प्रहरी साझेदारीका माध्यमबाट प्रहरी र समुदाय बिचको समन्वय र सहकार्यमा समाजमा घटित अपराध र अपराधजन्य समस्याको पहिचान गरी सामधान गर्नुका साथै जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन हरेक प्रहरी कर्मचारी कटिवद्ध हुनुपर्ने समेत उहाँले बताउनु भयो ।

प्रतिकृया