• १७ असोज २०८३, शनिबार
  • १०ः४७ राती

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०४:२९

काठमाण्डौ, गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार गायिका राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दामा परेकी गायिका राउतलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

National Life

आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै अधिकारीले दिएका थिए । तर त्यो आदेशको व्यापक आलोचना भएपछि प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र सोही आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।

गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले ७ दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले ४ दिनको आदेश जारी गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया