• १७ असोज २०८३, शनिबार
  • १०ः१७ राती

संसदको पाकेटमारसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०४:१८

भक्तपुर, सार्वजनिक बसहरुमा यात्रुहरुको पाकेट मार्ने तीन जान पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा सागुरीगढी गााउपालिका–७ धनकुटाका हाल ललितपुर बस्दै आएका २० वर्षीय नबिन राई, ध्याङलेक गाउपालिका–६, सिन्धुलीका हाल ललितपुर गोदावरी बस्दै आएका २६ बर्षीय राजिब गोले र ईपाचोक गाउपालिका–८ मकवानपुरका हाल ललितपुर बस्दै आएका २० वर्षीय रुबिन कठायत रहेका छन् ।

काठमाण्डौदेखि दुवाकोट चल्ने बसमा यात्रा गरी रहेकी एक महिलाको एघार हजार पाकेटमारी भागी रहेको अवस्थामा पक्राउ परेका हुन् । त्यसै गरी गत पुस २ गते विर्तामोड नगरपालिका ७ का १ नं. प्रदेश संसद एकराज कार्कीको पनि यिनीहरुले नै पकेट मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरी वृत्तले जनाएको छ । सांसद कार्कीको कृषि विकास बैक विर्तामोड शाखाको एटिएम कार्ड, नगद रु आठ हजार र महात्वपुर्ण कागजत पकेट मारेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया