• २७ भदौ २०८३, शनिबार
  • ११ः०६ बिहान

अजिता भुजेलको हत्यारालाई तत्काल पक्राऊ गर्न निल हिरा समाजको माग

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०४:५३

काठमाडौं,  निल हीरा समाजले तेस्रो लिंगी अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा निल हिरा समाज र वुमन एक्टले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

National Life

निल हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्दै सबैलाई सहयोगको आग्रह गरिन् । ‘अजिता भुजेको हत्याका अभियुक्त फरार छन्,’ गुरुङले भनिन्, ‘दोषी जहाँसुकै भएपनि पक्राऊ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि आग्रह गर्दछु ।’ भुजेलको शव हेर्दा बलात्कार पछि हत्या गरिएको देखिन्छ भन्दै दोषी कुनै हालतमा उम्कन नपाउन् भनिन् । पीडितको कोठाबाट सुनका गहना समेत हराएकाले लुटपाट समेत भएको हुनसक्ने उनको भनाई छ ।

अजिताको हत्यालाई व्यक्ति हत्या मात्र नभई तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको हत्या गरिएको भन्दै समाजकी अध्यक्ष पिङ्की गुरुङले कडा कदम चाल्ने चेतावनी दिइन् । उनले भनिन्, ‘एकपछि अर्को गर्दै तेस्रो लिंगीको हत्या हुनुले गम्भीर प्रश्न उठाएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

गत शनिबार विहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौडा स्थित क्याम्पेडाँडामा हत्या गरी फ्याकेको अवस्थामा शव फेला परेको थियो । भुजेलले सम्पत्ति र रकम लेनदेनको विषयबारे अध्यक्ष गुरुङसँग घटनाको अघिल्लो दिन राति कुराकानी गरेको समेत खुलाइन् । उनले भनिन्, ‘एकजना व्यक्तिले दश लाख मागेको छ उसको जग्गाको कागज दिन्छ रे भनी सोध्दा मैंले नदिनु भर हुन्न भन्ने सुझाव दिएकी थिएँ ।’

पोस्टमार्टमको रिर्पोट अनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाँटीमा फाँसी दिएको जस्तो घाउ भएको रिर्पोट आएको बताइन् । तेस्रो लिंगीहरु समाजमा अपहेलित भइरहेको भन्दै उनीहरुको समस्या बाहिर नआइरहेको उनको भनाई थियो । उनले तेस्रो लिंगीको अधिकारका विषयमा संवेदनशील हुन आग्रह समेत गरिन् ।

वुमन एक्टकी अध्यक्ष सृजना अधिकारीले दोषीमाथि कडा कारबाहीको माग गरिन् । तेस्रो लिंगी भएकै आधारमा अजिता भुजेलले निकै समस्या भोग्नुपरेको र ज्यान समेत दिइएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताइन् । उनले भनिन्, ‘दोषी उम्कन नपाओस् ।’ दोषी कारबाहीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।

कार्यक्रममा निल हिरा समाजका कार्यक्रम अधिकृत अनुज राई, वुमन एक्टका कार्यक्रम प्रबन्धक रोश्ली पोखरेल, कार्यक्रम अधिकृत अधिवक्ता स्मृता शाक्यलगायत सहभागी थिए ।

प्रतिकृया