• 6:15 am

डकैती गर्ने समूह प्रहरीको खोरमा

प्रकाशित मिति

January 27, 2020

५० लाख लुटेर मोटरसाइकल किनी नगरकोटमा मस्ती

काठमाडौं । काठमाडौंभित्र अलौकिक चिजवस्तु आफूसँग छ भनि खरिदका लागि एकान्तमा बोलाई लुटपाट तथा डकैती गर्ने गरेको समूहलाई महाशाखाको टोलीले सार्वजनिक गरेको छ ।

बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक बस्तुह देखाउँदै पैसा लुट्न समूहका सदस्यलाई महानगरीय अपराध महाशाखा टेकूले नियन्त्रणमा लिएको हो । उनीहररूले लुटेको ५० लाखबाट मोटरसाईकल किन्ने, नगरकोटको होटलमा गएर खर्च गरेको, पुरानो ऋण तिरेको र कोठा भाडा तिरेर रकम खर्चिएको प्रहरीलाई बयान दिएका छन् ।

राजधानीमा भएका विभिन्न घटनाहमा उनीहररूको सम्लग्नता देखिएको थियो भने उनीहरुलेलुटेको पैसा मोटरसाईकल किन्ने, नगरकोटका होटलमा गएर खर्च गरेको, पुरानो ऋण तिरेको र कोठा भाडा समेत तिरेको पाइएको एसपीले बताएका छन ।

प्रहरीले पत्रकार सम्मेलन गरी लुटपाटमा सम्लग्न ६ जनालाई सार्वजनिक गरेको छ ।

प्रतिकृया