• ०४:२३ २०८१ बैशाख ७ गते
  • 4:23 am

अब भन्सारमा नयाँ प्रविधिले जाँचपास गरिने

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०९:२७

apps

काठमाडौँ, भन्सारको जाँचपास गर्न अब मोबाइल एपको प्रयोग गरिने भएको छ । जाँचपासमा प्रक्रियामा थप सहज र प्रविधीमैत्री बनाउनका लागि यस एपको प्रयोग गरिने भएको हो ।  भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले सुरु गरेको जनाएको छ ।

भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ । कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उनले बताए ।

सम्बन्धित कर्मचारीले मात्र हेर्न सक्ने यो एपमा प्रज्ञापनपत्रको सूची, सवारीको प्रवेश रुट, प्रणालीले तोकेको जाँचकी परिवर्तन जस्ता काम गर्न सकिन्छ । त्यस्तै जाँचपास सकिएपछिको जानकारी, हरियो मार्गमा पठाउने आदेश, जाँचपासपछि सवारीलाई बाहिर पठाउनका लागि सूचना दिने जस्ता काम एपमार्फत नै गर्न सकिने विभागले जनाएको छ ।

प्रतिकृया