• १७ असोज २०८३, शनिबार
  • ५ः२९ बेलुका

यी हुन् दश उत्कृष्ट म्यानपावर

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०५:२६

काठमाडौं । संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या मंसिर महिनाको तुलनामा पुस महिनामा बढेको छ । तर, अझैपनि अघिल्ला आर्थिक वर्षहरुमा जस्तो वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा वृद्धि हुन सकेको छैन । यस वर्षको पुस महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २७ हजार ४ सय ४२ रहेको थियो भने मंसिर महिनामा उक्त संख्या २४ हजार २९ रहेको थियो ।

National Life

वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार पुस महिनामा सबै भन्दा बढी कामदार मलेसिया गएका छन् । पुसमा मलेसिया जाने कामदारको संख्या ७ हजार ८ सय ४१ रहेको छ । मलेसियापछि नेपाली कामदार क्रमशः साउदी अरब, यूएई र कतार गएका छन् । पुस महिनामा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको छ ।

युरोप र जापानमा कामदार पठाउन चाहेको भएपनि सरकारी झन्झटकाकारण ती मुलुकमा गई बजार प्रवद्र्धन गर्न नसकिएको वैदेशिक रोजगार व्यवसायीहरुले जनाएको छ । धेरै संख्यामा कामदार पठाउनका लागि केही म्यानपावोर सफल भएका छन् । ती म्यानपावोरहरु दि रिभर ओभरसिज प्रा.लि. लाई म्यानपावर सूचीको पहिलो नम्बरमा राखिएको छ । प्याराडाइज इन्टरनेशनल प्रा.लि. दोश्रोमा, कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि. तेश्रोमा, अन्जली ओभरसीज सर्भिस प्रा.लि. चौथोमा, एस.ओ.एस सर्भिसेस प्रा.लि. पाँचौंमा, भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि. छैठौंमा, ग्राण्ड शिखर ओभरसीज प्रा.लि. सातौं्मा, मास ह्युमन रिसोर्स प्रा.लि. आठौंमा, एस ईन्टरनेशनल ग्रुप प्रा.लि. नवौंमा, साउण्ड लाइन्स दशौं स्थानमा पर्न सफल रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र कामदार पठाएको छ । त्यसमा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ७३ रहेको छ । ८६ म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएको छैन ।

प्रतिकृया