• 11:24 am

टीभीएसको नयाँ मोडल स्कुटर सार्वजनिक (विशेषतासहित )

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०५:२३

भरतपुर, चितवनमा टीभीएस एनटर्क रेस एडिसन स्कुटर सार्वजनिक गरिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमका बीच चितवनको आधिकारिक सोरुम मालाश्री मोटर्सबाट चितवनको भरतपुरमा टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, जगदम्बा मोटर्स प्रालिका मार्केटिङ म्यानेजर नबराज कोइराला र मालाश्री मोटरस प्रालिका निर्देशक भीमसेन श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।

टीभीएस एनटर्क रेस एडिसन स्कुटरको विशेषता

नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।

स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ ।

सो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ ।

कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसन बुकिङ ग्राहकलाई उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष र मार्केटिङ म्यानेजर कोइरालाले १० जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चावी हस्तान्तरण गरेका थिए ।

प्रतिकृया