• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

आठ भारतीय पर्यटकको मृत्यु

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार १२:४९

काठमाडौं, मकवानपुरको थाहा नगरपालिका–४ स्थित पानोरमा रिसोर्टमा बेहोश अवस्थामा काठमाडौं ल्याइएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत् उद्दार गरेर काठमाडौं ल्याउने क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएका उनीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु भएकामा ४ पुरुष र ४ महिला रहेका र ती मध्ये २ बालक र २ बालिका रहेका महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Kamana Sewa

१५ जनाको समूहमा आएका उनीहरूले दुईवटा कोठा लिएर बसेका थिए। एउटा कोठामा ८ जना र अर्कोमा ७ जना बसेका थिए। ८ जना बसेको कोठामा उनीहरूले हिटर बालेर बसेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू कोठाको झ्यालढोका बन्द गरेर हिटर चलाएर सुतेका थिए । उनीहरुको मृत्यु निस्सासिएर भएको अनुमान गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया