• १६ असोज २०८३, शुक्रबार
  • ३ः२६ दिउँसो

उदितनारायणका छोरा र नेहा कक्कड बिच बिवाहको चर्चा

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार १०:४६

चर्चित सिङ्गिङ रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह फेरी चर्चा शुरु भएको छ।
नेपाली गायक उदितनारायण झाका छोरा आदित्य र चर्चित बलिउड गायिका नेहाको बिवाह हुने तय भएको बताईएको छ । आइडलको एक एपिसोड छायांकनका क्रममा दुवैका आमाबुवा पुगेर दुवैको विवाह पक्का गरेका हुन्। दुवैका आमाबुवा सोमा अतिथिका रूपमा पुगेका थिए। सोमा एक्कासी आफ्नी आमालाई देखेर नेहा छक्क परिन् भने आदित्य खुसी हुँदै नाच्न थाले।

National Life

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’ नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै हो, यो भने आउने समयले नै बताउने छ ।

प्रतिकृया