• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

पर्यटकलाई आपत परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने : मन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०७:५९

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने भन्दै नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताउनुभयो ।

उहाँले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताउनुभयो । उहाँले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राख्नुभयो । उहाँले पुस्तकमा समावेश फोटाले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताउनुभयो । उहाँले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताउनुभयो ।

Kamana Sewa

मन्त्री भट्टराईले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि पु¥याउनुपर्नेमा जोड दिँदै भ्रमण वर्ष सफल बनाउने पुस्तकको भूमिकासमेत रहने बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया