सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्ट संचालनमा
प्रकाशित मिति
२०७६ माघ ५ गते, आईतवार ०५:२२
भक्तपुर, युवा वर्गलाई रोजगारीको अवसर प्रदान गर्दै बेरजगारी न्यूनीकरण गर्ने उदेश्यले भक्तपुर मै पहिलो पटक एडभान्सस्तरको तालिम प्रदायक संस्था सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्ट संचालनमा आएको छ ।
इन्सिच्यूटको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । उहाँले सरकारीस्तरबाटै यस पैकारको तालिम प्रदायक संस्था संचालनमा ल्याएर युवा बेरोजगारलाई हातहातमा सीप प्रदान गर्नुपर्नेमा निजी क्षेत्रले यस्तो कार्य गर्नुले बेरोजगारी कमीगरि हात हातमा सीप पुर्याउने सरकारको योजना सफल पार्न मद्धत पुग्ने बताउनुभयो ।
उहाँले होटल म्यानेजमेन्ट र ईन्टिरिओर डिजाईनलाई पर्यटनको विकाससंग जोडेर लैजानु पर्नेमा जोड दिदै यसका लागि सूर्यविनायक नगरपाकिलाले पनि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वढा नं. ९ का वडाअध्यक्ष उपेन्द्र केसीले यस प्रकारको संस्थाले युवा रोजगार प्रबद्र्धनमा टेवा पुर्याउने बताउदै तालिम सर्वसुलभ र सबैको पहुँच पुग्ने हुनुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक ईन्सिच्यूट अफ म्यानेजमेन्टका संयोजक हरि खत्रीले युवा, बेरोजगार नागरिक एवं महिला गृहणीहरुका लागि लक्षित गरि सबैको सहज पुहँच पुग्ने गरि सरल र सुलभ शुल्कमा होटल म्यानेजमेन्ट र ईन्टिरिओर डिजाईनका तालिम प्रदान गर्ने गरि भक्तपुर मै पहिलो पटक यस प्रकारको संस्था संचालनमा ल्याएको बताउनुभयो ।
उहाँले यसअघि संचालनमा आउने संस्थाले विदेशी पाठ्यक्रम लागू गरेपनि यो संस्थाले भने नेपाल मै पहिलो पटक अन्तर्राािष्ट्रय गुणस्तर प्राप्त हुनेगरि आफ्नै पाठ्यक्रम निर्माण गरि तालिम संचालनमा ल्याएको दाबी गर्नुभयो ।
लामो र छोटा गरि ३ महिने बेसिकदेखि १८ महिनेसम्मको कोर्षमा तालिम प्रदान गरिने बताउदै उहाँले तालिमसंगै सेवा पनि प्रदान गर्ने बताउनुभयो । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को स्वीकृतिमा संचालन गर्ने तालिममा दुई सिफ्टमा ६० जनासम्म राखेर तालिम दिन सक्ने गरि व्यबस्था गरेको संयोजक खत्रीले जानकारी दिनुभयो ।
उहाँले स्कटल्याण्डको एसक्यूए विश्वविद्यालयसंग सम्बन्धन लिएर १२ महिने डिप्लोमा तथा १८ महिने एडभान्स डिप्लोमा होटल म्यानेजमेन्टको तालिम संचालन गर्ने तयारी समेत गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालको ईन्टिरिओर डिजाईनका बिज्ञ सरिता साखले नेपालमा नयाँ रोजगारीका रुपमा यसवाहरु आकर्षित भएको र यसको बजार समेत भएकाले हातमा सीप भएकाहरु बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।
भक्तपुर, काभ्रे, ललितपुर र काठमाण्डौंका बासिन्दाका लागि लक्ष्ति गरि संस्था संचालनमा ल्याईएको बताईएको छ ।







प्रतिकृया