• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

आँखा चिम्लेर होइन आँखा खोलेर अन्तर्राष्ट्रिय सहयोग लिऊँ

प्रकाशित मिति

२०७६ माघ ५ गते, आईतवार १०:२३

रीना भट्ट

आजको बिश्वमा कुनै पनि राष्ट्र एक्लै बाच्न सक्दैन यो बिश्व Global Village मा परिणत भै सकेको अबस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध आजको यथार्थ हो। बिश्वको हरेक राष्ट्रले बिचार् पुर्याएर आफ्नो राष्ट्रिय शक्तिको बृद्धिको लागि अन्य बिदेशी राष्ट्र संग सम्बन्ध राख्छ । सफल बिदेश नितिले नै कुनै पनि राष्ट्रको इज्जत र अन्तर्राष्ट्रिय समुदायमा शक्ति बृद्धि हुन्छ। बिदेश नितिमा प्राप्त गरेको सफलताले नै कुनै पनि राष्ट्रको घरेलु आन्तरिक क्षेत्रमा लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिश्वसनियता बढ्छ।

Kamana Sewa

राष्ट्रिय हितको जगेर्ना र सम्बर्धन गर्न बिदेश निति एक महत्वपूर्ण हतियार साबित हुन्छ। तसर्थ यसको लागि कुनै पनि राष्ट्रको सरकार नै जिम्मेवार हुनुपर्ने हुन्छ। बिश्वमा कुनै पनि राष्ट्रले अन्य राष्ट्रलाई माया गरेर आर्थिक सहयोग प्रदान गर्दैनन्। दैबि बिपत्तिको समयमा बाहेक अन्य समयमा बिश्वको सम्पूर्ण राष्ट्रहरूले एक अर्कालाई सहयोग आफ्नो राष्ट्रिय शक्तिको बृद्धि गर्दै आफ्नो महत्वलाई वा उपस्थितिलाई कायम राख्न नै गरेका हुन्छन्।

Classic Tech Desktop

मानब स्वभाव नै स्वार्थी हुन्छ। ‘उसले आफ्नो पिताको मृत्यु भुल्न सक्छ तर पित्री धनको हानी लाई भुल्न सक्दैन’ (मैकियाबेली) भन्नेहरूले बनाएको समाजबाट बनेको मानब निर्मित राष्ट्र पनि स्वभाविक रुपमै स्वार्थी हुन्छ। यस्तो अबस्थामामा कुनै पनि राष्ट्रले अरू राष्ट्लाई माया गरेकै आधारमा आर्थिक सहयोग दिदैन भन्ने कुराको उदाहरण इतिहास नै रहेको छ ।

यस्तो अबस्थामा हाम्रो जस्तो बिकास्वन्मुख राष्ट्रहरूलाई बिश्वको शक्तिशाली राष्ट्रहरूले केही न केही स्वार्थले नै सहयोग दिने गरेको पनि देखिएको छ। एकातिर हामीलाई आफ्नो आर्थिक अवस्था कमजोरको कारण आर्थिक सहयोग पनि चाहिएको छ भने अर्को तिर भुपरिबेष्ठित राष्ट्र भएकै कारणले पनि छिमेकीसंग असल सम्बन्ध राख्नै पर्ने हुन्छ। यस्तो अबस्थामा नेपाल र नेपालीको हितलाई ध्यानमा राखि हामीले आफ्नो बैदेशिक निति निर्माण गर्नु पर्छ।

दुई मुलुक भारत र चीन बिचको यौउटा सानो मूलुक नेपालको बिदेश निति आज सम्म स्व–अस्तित्वको रक्षा र राष्ट्रिय हितको संरक्षण र संवर्द्धनको गाथा हो। नेपाल आफ्नो छिमेकीमा उपनिबेश बादको कुचक्रले जोडिएको बेलामा पनि एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र नै थियो जसले आजको दिन सम्म असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आफ्नो अस्तित्वलाई सगरमाथा जस्तै अटल र अमर बनाएर बसि रहेको छ।

भौगोलिक बनावट, एतिहासिक अनुभव, सामाजिक सांस्कृतिक तत्व, आर्थिक कारण, राजनीतिक ब्यबस्था र राजनीतिक नेतृत्व इत्यादिले बिदेश नीतिलाई निर्धारण गर्छ। राजनीति ब्यबस्था र राजनीतिक नेतृत्वले नै कुनै पनि राष्ट्रको बिदेश नीति निर्धारणमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ। किनभने भौगोलिक र आर्थिक तत्व भन्दा यो तत्व अस्थिर हून्छ समयको बेग बिश्वको बदलाव संग संगै नेपालमा पनि राजनीतिक ब्यबस्थामा परिबर्तन पश्चात नेपाली बैदेशिक नितिमा पनि चुनौतीहरु थपिन थाल्यो।

बिभिन्न दलको सत्ता हुदा दलिय सिद्धान्त अनुसारको ब्यबहारले नेपालमा असंलग्नता लडखडाऊन लागेको पनि देखिदैछ। गणतन्त्र जस्तो अभूतपूर्व राजनीतिक परिवर्तनपछि नेपालले नेपालीले परिवर्तनलाई सूहाउदो किसिमको र गणतन्त्रलाई संस्थागत गर्ने ढङ्गले बैदेशिक निती निर्माण गर्नु पर्छ।

आफ्नो छिमेकी देश भारत र चीन दुबै बिच सौहार्द पूर्ण सम्बन्ध लगायत अन्य मित्र राष्ट्रहरूसंग बढि नजिकदै नभएर तालमेल मिलाउदै सम्बन्ध कायम राख्नु पर्ने जरूरी छ। कुनै पनि राष्ट्रले प्रदान गर्ने आर्थिक अनुदान र सहयोगलाई बिगतको इतिहासको पाठ पढेर र त्यसको भबिष्यमा पर्न सक्ने प्रभावलाई बिष्लेशण गर्दै हामीले लिनु पर्छ सबै नेतृत्व र जनता कुनै राष्ट्रको पक्ष र बिपक्षमा भन्दा पनि त्यसले हाम्रो राष्ट्को हित गर्छ कि गर्दैन भन्ने जानकारी लिएर मात्र स्विकार गर्नु पर्छ।

हामीले आफ्नो हितलाई सबैभन्दा पहिला प्राथमिकता दिनु पर्छ कुनै राष्ट्रको पक्षमा लागेर अर्को राष्ट्रको बिरोध पनि गर्नु हुन्न र कुनै राष्ट्रको अन्ध भक्त पनि हुनु हुदैन। नेपाल र नेपालीको हितलाई ध्यानमा राखी छिमेकी र मित्र राष्ट्रहरू संग तालमेलको नयाँ धरातल पहिल्याउनुपर्ने छ।

छिमेकी संग समनिकटता कायम गर्दै छिमेकी संगको मित्रतालाई एक अर्का बिरूद् प्रयोग नगरी दुवै संगको मित्रतालाई उतिकै महत्व दिनु पर्ने हुन्छ, नेपाल र नेपालीको हित भनेको नै यो हो ।कुनै पनि बिदेशी राष्ट्रसंगको गहिरो सम्बन्ध र उसले प्रदान गर्ने सहयोग को बिषयमा जनता र नेतृत्वमा छलफल हुनै पर्छ।

गणतन्त्रको स्थापना पश्चात भरखरै मात्र हाम्रो जस्तो राजनीति संस्कारमा बृद्धि भएको देशमा सरकारद्वारा संचालन गर्ने कुनै पनि आन्तरिक एवं बैदेशिक नितीमा बहस र छलफल हुनु भनेको नै प्रजातान्त्रिक युगको सकारात्मक पक्ष हो। जसलाई राम्रो प्रारम्भ मान्नु पनि पर्छ। नेपाली जनता मै देशको संप्रभुता निहित भएको हुदां यसमा जनताको पनि चासो हुनु जरुरी हुन्छ।तर यति भन्दैमा यसमा बिचार् नगरी बिबाद मात्र गर्ने हो भने देश भित्र गृह युद्धको संभावना र भर्खर प्राप्त गरेको गणतन्त्र नै धरापमा पर्न बेर लाग्दैन तसर्थ नेपाली जनता र नेपालका नेतृत्व लगायत नेपाललाई माया गर्ने सबै नेपालीले यो बिषयमा चनाखो हुनुपर्छ। आखां चिम्लेर होइन बिचार् पुर्याएर अन्तर्राष्ट्रिय सहयोग लिऊ र नेपाल र नेपालीको अस्तित्वलाई अटल अजर र अमर राखौ।

प्रतिकृया