५ तरिकाले जिवन बदल्नुस
प्रकाशित मिति
२०७६ माघ ४ गते, शनिबार ०३:११
दैनिक सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्दा राम्रो हुने शास्त्रमा उल्लेख छ ।
१) हनुमान चालिसाः हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइले शरीर पुन र्जाग्रित हुन्छ ।

२) फलामको उपकरणः सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन सबैलाई थाहा भएकै कुरा हो ।

३) मुलाः सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट बचाउँछ ।
४) फूलः सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।
५) दुर्गा सप्तसतीः दुर्गा सप्तसतीको पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख गरिएको छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।शक्ति पनि अझै शक्तिशाली हुन्छ।
यदि हामी सुत्ने बेला टाउको उत्तर दिशातर्फ बनाएयौँ भने वा लगातार यस्तै अवस्थामा ६ देखि ७ घण्टा बितायौ भने, चुम्बकिय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ । यसले टाउकोको रक्तप्रवाहमा पनि पुरै प्रभाव पार्छ । चुम्बकिय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ । अर्थात तपाईंको निद्रा विचमै टुट्नेछ। यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा चाहि तपाईंको स्वास्थ्यमा पनि निर्भर गर्छ । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर तपाईंले अरु बढी झेल्नुपर्छ ।




प्रतिकृया