सेनाका रथीले गरे सम्पत्ति विवरण सार्वजनिक
प्रकाशित मिति
२०७६ माघ २ गते, बिहीबार ०३:१६
काठमाडौ, नेपाली सेनामा सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु भएको छ। नेपाली सेनाका रथी गौरव ताण्डुलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँ नेपाली सेनाको दोश्रो वरियताका रथी हुनुहुन्छ । नेपाली सेनामा दुई जना मात्रै रथी हुन्छन्। यसअघि प्रधानसेनापति पुर्णचन्द्र थापाले गत भदौ २३ गते आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
ताण्डुलले सार्वजनिक गरेको विवरण अनुसार श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा धापासीमा साढे २ तले घर छ। त्यस्तै भरतपुरमा १० धुर जग्गा र १ तले घर छ भने झापामा उहाँकी श्रीमती मुनादेवीको नाममा ५ विघा जग्गा छ।
उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३।५८ बर्ग मिटर जग्गा र पोखरमा ९ आना ३ पैसा जग्गा छ। बलाध्यक्ष रथी ताण्डुलसँग ३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा–मोति रुवि र निलम रहेको उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ।
विभिन्न वाणिज्य बैंकमा उहाँको नाममा ७७ लाख ३५ हजार रुपैयाँ छ। सैनिक कल्याणकारी कोषबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका ताण्डुलले १ लाख ६८ हजार रुपैयाँ तिरेको उल्लेख गर्नु भएको छ । आफूसँग होण्डा साइनको मोटरसाइकल रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले पुर्ख्यौली सम्पत्ति, श्रीमतीले ल्याएको दाइजो र केही आफ्नो कमाइबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ ।








प्रतिकृया