• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

निर्देशक डा. राजभण्डारीद्धारा क्षरोग औषधि खुवाउने कार्यक्रमको शुभारम्भ

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार १२:३७

राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी अर्थात एमडीआर टीबीका बिरामीहरुलाई घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाउने कार्यक्रम शुरु गरेको छ । केन्द्रले दामियन फाउन्डेशनको सहयोगमा नेपाल मै पहिलोपटक बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परसपुरबाट औषधि खुवाउने कार्यक्रमको शुरु गरेको हो ।

बुधबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागर कुमार राजभण्डारीले खजुरा गाउँपालिकाको उढरापुरबाट एमडीआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । यो कार्यक्रम बाँकेसहित प्रदेश नं ५ का अन्य जिल्लाहरु बर्दिया, दाङ, कपिलबस्तु , रुपन्देही, पाल्पा र नबलपरासी सुस्ता पश्चिमका जिल्लाहरुमा सञ्चालन हुँदैछ ।

Kamana Sewa

प्रतिकृया