• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२२ बिहान

प्रदेश ३ को हेटौंडा राजधानी र बागमती नाम नै कायम

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार १२:५३

हेटौँडा, प्रदेश नम्बर ३ को नाम बागमती र हेटौंडा राजधानी कायम भएको छ । आइतबार विहान बसेको प्रदेश नम्बर ३ प्रदेशसभा बैठकले दुई तिहाई मतसहित बागमती नाम र हेटौंडा राजधानीको प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा १०५ मत परेको थियो भने विपक्षमा तीन मत पर्यो । दुई सांसद अनुपस्थित भएका थिए । काभ्रेलाई राजधानी बनाउने प्रस्ताव विवेकशील पार्टीका सांसद रमेश पौडेलले प्रस्तुत गरेका थिए । यो प्रस्ताव अस्वीकृत भएको थियो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे ।

Kamana Sewa

प्रतिकृया