• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

यस्तो छ फिटनेसका लागि प्रियंकाको डाइट प्लान

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार ०९:०८

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्।एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको मेन्युबारे कुरा गर्छिन्।

जब प्रियंका नयाँ देशमा जान्छिन् तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेस्टुरेन्टमा जान्छिन्। यसको प्रभाव धेरै पटक उनको शरीरमा देखा परेको छ।विशेषगरी दिवाली र क्रिसमसको बेलामा आफ्नो तौल बढ्ने प्रियंकाले बताइन्। यसपछि जनवरी, फेब्रेवरी र मार्चसम्म उनी आफ्नो वजन कम गराउनमा खर्चिन्छिन्।

Kamana Sewa

प्रियंकाले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन्। उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नभुल्ने बताइन्।प्रियंका बिहान ब्रेकफास्टमा अण्डा र टोस्टको साथ अमलेट वा एवोकाडो लिन्छिन्। उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन्।प्रियंका आफूलाई घरको खाना धेरै मन पर्ने बताउँछिन्। जब उनी इण्डियामा हुन्छिन् तब लन्चमा घरकै खाना खाने प्रयास गर्छिन्। किनकि अमेरिकामा उनलाई घरको खाना मिल्छ तर त्यो सधैं डब्बामा मात्र आउँछ। जुन ताजा हुँदैन।

Classic Tech Desktop

प्रियंकाले बताए अनुसार उनलाई साउथ इण्डियन खाना धेरै मनपर्छ। डोसा, फिस करी, दही राइस। यसका साथै उनी पानी पनि धेरै पिउने गर्छिन्।प्रियंका आजकाल नाचनी रोटी चामल र गहुँबाट बनाइएको खाइरहेकी छन्। किनकि यो निकै स्वस्थवर्द्धक र रुचीकर पनि छ।यसका साथ उनी भिंडी, दाल, आलू गोभी लगायतका सब्जी खान्छिन्। खानाको साथ प्रियंका सधैं दही, सलाद र अचार नछुटाइ खान्छिन्। डिनरमा प्रियंका सुरुवातमा सधैं सुप पिउँछिन्।

प्रतिकृया