• ७ असोज २०८३, बुधबार
  • २ः१९ राती

सेनाले दियो २४ जना पत्रकारलाई तालिम

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार १०:५०

काठमाडौं, नेपाली सेनाले विभिन्न आमसञ्चार क्षेत्रसंग आवद्ध रहेका संवाददाताहरुलाई तालिम दिएको छ।नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्‍न मिडिया हाउसमा कार्यरत २४ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । ६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

National Life

नेपाली सेनाको सबै पृतनाहरुमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्ने उद्देश्य अनुरुप केन्द्रिय तहमा यस कार्यक्रम सञ्‍चालन गरेको सेनाले जनाएको छ । यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

सैनीक जनसम्पर्क तथा सूचना निर्देशनालय तथा उपत्यका पृतना हेकाको संयुक्त आयोजनामा सम्पन्न तालिमको उपत्यका पृतनाका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठले समापन गरेका छन्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया