• ५ असोज २०८३, सोमबार
  • ७ः०३ बेलुका

११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी प्रस्ताव

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार १०:३९

काठमाडौं, अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।सम्मेलनमा ५० परियोजना प्रस्तुत गरिएका थिए। लगानी बोर्डको सचिवालयले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सम्मेलनमा प्रस्तुत परियोजनामध्ये १४ वटाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार भइसकेको छ।

National Life

लगानीकर्ताको संक्षिप्त सूची तयार पारिएका परियोजनामध्ये सात सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

त्यस्तै सम्मेलनपछि अनुमानित १० खर्ब ५४ अर्ब रुपैयाँ लागत भएको भेइकल म्यानफ््यक्चरिङ तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेक्स कम्पनीसँग लगानी सम्झौतामा पनि हस्ताक्षर भएको बोर्डले जनाएको नागरिक दैनिकमा खवर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया