• २१ जेठ २०८३, बिहीबार
  • १०:३८ बेलुका

उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाइयो

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०७:१४

काठमाडौं, महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भएको छ।

“घुमुवा टोलीको औचित्य देखिएन, हिजैका मितिदेखि खारेज गरिएको छ, अब उनीहरु सबै पोशाक लगाएर शान्ति सुरक्षामा खटिनेछन्”, प्रहरी नायब महानिरीक्षक पोखरेलले रासससँग भने । उहाका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।

Kamana Sewa

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताउनु भयो। उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ । कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो

Classic Tech Desktop

प्रतिकृया