• २१ जेठ २०८३, बिहीबार
  • ४:५७ बेलुका

नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक मनकुमारी राई विजयी

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार १०:१३

काठमाडौँ, नेपाल नर्सिङ संघको अध्यक्षमा महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक मनकुमारी राई विजयी हुनुभएको छ । यही पौष ९ गते भएको निर्वाचनमा राई १ हजार २ सय मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी संयुक्त पेशागत प्यानलकी प्राध्यापक मुना राना थापाले ८ सय मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा दुई हजार १ सय २० मत खसेको थियो ।

वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्बदा थापा, सचिवमा प्रमिता थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले विजय हुनुभएको छ । साथै सदस्यहरुमा विजया अधिकारी, हरि प्रसाद कोजू, सोनु शेर्पा, सपना वि.क, अन्जु कुमारी महतो, कोहिनुर फारुकी, अम्बीका पौडेल र सीता केसी निर्वाचित भएका छन् ।

Kamana Sewa

निर्वाचनमा देशभरका २१ मतदान केन्द्र राखिएको थियो । धरान, विराटनगर, वीरगंज र लमजुङ ४ स्थानमा मुना राना थापाको प्यानलले जितेको छ । बाँकी १७ स्थानमा राईको प्रगतिशील प्यानले जितेको छ ।

Classic Tech Desktop

प्रतिकृया