वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति गठन
प्रकाशित मिति
२०७६ पुष १५ गते, मंगलवार १०:२८
काठमाडौं, वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरुको संस्थाका रुपमा समाज दश वर्ष अघि स्थापना भएको हो ।समाजको वरिष्ठ उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज भट्टराई, उपाध्यक्षमा रेडियो कान्तिपुरकी इन्द्रलक्ष्मी घिमिरे, महासचिवमा मध्यान्ह राष्टिय दैनिकका रेशम राज पौडेल, सचिवमा सामुदायिक सूचना नेटवर्क (सिएनआइ)का केशब भुल र कोषाध्यक्षमा नेपाललाइभ अनलाईनकी निर्मला घिमिरे चयन भएका छन् ।
समाजको कार्यसमिति सदस्यमा नयाँ पत्रिका अनलाईनकी अरिश्मा मोक्तान, अर्थ र रोजगार टेलिभिजनकी रिना श्रेष्ठ, नेपाल साप्ताहिककी कल्पना भट्टराई, डिसी नेपाल अनलाईनका विनेश खनाल, विकाश न्युजकी सुनिता पुडासैनी रहेका छन् ।
त्यसैगरी समाजको कार्यसमितिले पाँच जना पत्रकारहरुलाई सल्लाहकारमा चयन गरेको छ । समाजको सल्लाहकारहरुमा मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठ, नागरिक राष्ट्रिय दैनिकका रुद्र खड्का, जनसवाल दैनिकका सम्पादक रामजी बगाले, राजधानी राष्ट्रिय दैनिकका मधुजंग पाण्डे र नयाँ पत्रिकाकी मुना कुँवर रहेका छन् ।






प्रतिकृया