• २० भदौ २०८३, शनिबार
  • ५ः४२ बिहान

हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन् : सिपी गजुरेल

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ०३:४०

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

National Life

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाउदै भन्नुभयो, ‘हिजोको घट्ना पूर्व अनुमान भन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बmुझाउने भनेर समय लिएर नै त्यसतर्फ गएका थियौं ।’

गजुरेलले हनुमान स्थान् परिसरबाटै आफूहरु माथि धरपकड भएको सुनाउँदै भन्नुभयो, ‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’

Classic Tech Desktop

उहाँका अनुसार लाठी चार्जमा घाईते हुनेहरुमा नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सुनिता बुढाथोकी, शारदा महतल गायत थिए भने पक्राउ पर्नेहरुमा सिपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, दिपक बहादुर शाही, फुरनाम्गेल, वसन्त बोगटी, खगेन्द्र छन्त्याल, पदम भण्डारी, ढोग प्रसाद अधिकारी, मीन गिरी, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की, अमित योञ्जनलगायत रहनु भएको थियो । उहाँले हिजो घटेको घट्ना प्रायोजित थियो भन्ने दाबी समेत गर्नु भएको छ ।

नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको उहाँले भन्नुभयो ,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरी यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’

हिजोको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उहाँले उल्लेख गर्नुभयो, ‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो ? हामीमाथि नै लाठी चार्ज भयो ।’

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको गुनासो गुनासो पोख्दै भन्नुभयो,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’

भारतले नेपाली भूमी मिचेर आफ्नो नक्शा जारी गर्दा नेपालले भने आफ्नो नक्शा पनि जारी गर्न नसकेको उहाँले अरोप लगाउनुभयो । एमसीसीबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईपिएसको अंग भए नस्विकार्ने भनेर सार्वजनिक रुपमै बोलेको अवस्थामा अमेरिकाले एमसीसी आईपिएसको अंग भएको बताएपछि अहिले प्रचण्ड चुप भएको बताउनुभयो ।

उहाँले नेपाल अमेरिकी फौजी रणनीतिमा सामेल भए नेपाललाई केही पनि फाईदा नहुने जिकिर गर्दे भन्नुभयो, ‘अहिले देश संकटको घडीमा छ । हामी त्यही भएर सडक संघर्षमा उत्रिएका हौं ।’

उहाँले राष्ट्र बचाउने अभियानमा नेपालको मिडियाबाट जति सहयोग हुनुपर्ने अपेक्षा थियो त्यति नपाएको उहाँले गुनासो गर्दे भन्नुभयो, ‘गणतान्त्रिक अधिकार प्राप्त गर्नको लागि हामीले आन्दोलन सुरु गरिसकेका छौं । यसमा हामीलाई सहयोग गर्नुहोस् । नेपाललाई विदेशीको रणभूमी हुनबाट जोगाउनुपर्छ । हामी सबै एकजुट भएर लाग्यौं भने कालापानीबाट भारतीय सेना हटाउन सक्छौं ।’ उहाँले देश बचाउने आन्दोलन गर्दा हिजोको घट्ना दोहोर्याए वर्तमान सरकारको खैरियत नभएको चेतावनी दिदै भन्नुभयो, ‘हिजोको घट्ना दोहोर्याए यो सरकारको खैरियत छैन् ।’

कार्यक्रममा मोर्चाका महासचिव परी थापा, सचिवालय सदस्य दिपक शाही, पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेलको सहभागिता रहेको थियो ।

प्रतिकृया