• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४५ राती

कमलबिनायबाट नगरकोट सडक छिटो सक्न मन्त्री नेम्वाङको निर्देशन

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ०२:२४

पेप्सीकोला–सल्लाघारी सडक खण्डको समेत स्थलगत अवलोकन, तिब्रगतिमा काम हुदै

भक्तपुर, भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्ले भक्तपुरको कमलबिनायबाट नगरकोट जाने पर्यटकीय सडक छिटो सक्न निर्माण कम्पनी तथा सरोकारवालालाई निर्देशन दिनुभएको छ । उक्त सडकको अनुगमनका क्रममा आज मन्त्री नेम्वाङले अब अलमल गरेर र फाईल घुमाएर नबस्न निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलाई उहाँले निर्देशन दिनुभयो ।

Kamana Sewa

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र सडक निर्माणमा संसारको ध्यान समेत यस पर्यटकीय सडक निर्माणमा रहेको बताउँदै उहाँले निमार्ण कार्यलाई तिव्रता दिन स्थानियको निरन्तर खवरदारी आवश्यक रहेको बताउनुभयो ।

Classic Tech Desktop

पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश वस्नेतले आयोजना समयमा निर्माण गर्नका लागि निरन्तर खवदारी गरिरको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुदाँ संसदीय समिति र सरकारलाई गुहार्न वाध्य भएको बताउनुभयो । भक्तपुरको कमलविनायक नगरकोट सडक खण्डको निमार्ण कार्य २०७० सालमा २ बर्षमा सम्पन्न गर्ने गरि भारतिय एक्जिम बैंकको ऋण सहयोगमा सैलुङ कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

शैलुङ कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको सडक निमार्ण कार्य समयमै नसकेपछि मन्त्री नेम्वाङ सहित भक्तपुरका सांसद, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ र स्थानिय जनप्रतिनिधि र सरकारी निकायका प्रमुखको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो ।

सडक अनुगमनका क्रममा स्थानीयले समयमै वाटो निमार्ण कार्य सम्पन्न नहुदाँ हिलो र धुलोको सास्ति खेप्नु परेको भन्दै आक्रोस पोखेका थिए । यस अघि संसदको विकास तथा प्रविधि समितिले समेत सडकको स्थलगत कार्य अनुगमन गरी काम छिटो सक्न निर्देशन दिएको थियो । व्यवसायीका प्रतिनिधि सुदन गौलीले भने निर्माण सामग्रीको अभाव, स्थानियको अवरोध र वन क्षेत्रका रुखहरु समयमै कटान नहुदाँ सडक निर्माण कार्य समयमै नसकिएको बताउनुभयो ।उहाँले निर्माणका क्रममा रहेका अधिकांश बाधा फुक्दै गएको बताउँदै अब भने निर्माण कार्य तीब्र गतिमा अगि बढ्ने बताउनुभयो ।

पेप्सीकोला–सल्लाघारी सडक खण्डको समेत स्थलगत अवलोकन, तिब्रगतिमा काम हुदै

टोलीले पेप्सीकोला–सल्लाघारी सडक खण्डको समेत स्थलगत अवलोकन गरेको छ । काठमाण्डौ उपत्यकाको सडक विस्तार आयोजनाद्धारा वियोजित रु.७१ करोड बजेटको लागतमा सडक विस्तारको काम भैरहेको छ । मध्यपुर थिमिको पुरानो बाटो पेप्सीकोलादेखि सल्लाघारी जाने बाटो २० मिटर चौडाइ विस्तार तथा स्तरउन्नतिका क्रममा पहिलो खण्ड अन्तरगत सानो ठिमि एस ओ एस स्कुलदेखि आर्मी व्यारेकसम्म तिव्र गतिमा भैरहेको कान्छाराम पि आर उमा एण्ड कम्पनीले जनाएको छ ।

 

प्रतिकृया