• १८ भदौ २०८३, बिहीबार
  • ७ः४४ बेलुका

काठमाडौँमा उखु किसानको आन्दोलन

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ०७:३५

काठमाडौँ, भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानले त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौँ केन्द्रित गरेका छन ।बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान शुक्रबारदेखि माइतीघर मण्डलामा प्रदर्शन तथा धर्ना बसिररहेका छन् । सर्लाहीका अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपियाँ किसानको बक्यौता रकम नदिएको दिएको दाबी किसानले गरेका छन् । त्यसका साथै सरकारले दिने अनुदान पनि किसानले हालसम्म पाएका छैनन् । किसानले १५ महिनासम्म जिल्लामा आन्दोलन गरेका थिए ।

सो आन्दोलनपछि प्रमुख जिल्ला अधिकारको उपस्थितिमा उद्योगी र किसानबीच जेठ ६ गते पाँच बुँदे सहमति भएको थियो । असार मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने र केही रकम तिर्न नसके कात्तिक मसान्तभित्र भुक्तानी गरिदिने पाँच बुँदे सम्झौतामा उल्लेख छ तर असार मसान्त बित्यो, कात्तिक मसान्त पनि बित्यो तर उद्योगीले एक रुपियाँ पनि भुक्तानी नदिएको उखु किसान सङ्घर्ष समिति सर्लाही–४ का सचिव हरिश्याम राय यादवले बताए । कात्तिक मसान्तसम्म भुक्तानी नदिँदा मङ्सिरसम्म कु¥यौँ, तैपनि उद्योगीले वास्ता गरेनन् अनि बाध्य भएर आफूहरू काठमाडौँ आएको उनले बताए ।

Kamana Sewa

उनीहरू आन्दोलनका लागि काठमाडौँ आएपछि ती दुइटै उद्योगका कर्पोरेट कार्यालयमा तालाबन्दी गरेका छन् । सचिव रायले काठमाडौँको कार्यालयमा तालाबन्दी गरी सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन माइतीघरमा धर्ना तथा प्रदर्शनी जारी राखेको बताए । उखु किसान सङ्घर्ष समिति सर्लाहीको अगुवाइमा करिब एक सय किसान प्रदर्शनीमा सहभागी रहेका छन् ।
सङ्घर्ष समितिका अध्यक्ष रामस्वगारथ राय यादवले २०७० सालदेखि बाँकी रहेको बक्यौता रकम हालसम्म नपाएको बताउँदै उनले अन्नपूर्ण सुगर मिलबाट मात्र १२ हजार किसानले भुक्तानी पाउन बाँकी रहेको बताए । महालक्ष्मी सुगर मिलले ६० करोडको उखु खरिद गरेकोमध्ये १३ हजार किसानको २१ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

Classic Tech Desktop

आन्दोलनकारी उखु किसानको अगुवाइ गरी काठमाडौँसम्म आएका सर्लाही क्षेत्र नं। ४ का राजपा नेपालका नेता राकेश मिश्रले भने, उखु मिलबाट एउटै किसानले २५ हजारदेखि २५ लाख रुपियाँसम्म भुक्तानी लिन बाँकी छ । भुक्तानी नपाउने किसानलाई दिनदिनै समस्या थपिँदै गइरहेको बताउँदै नेता मिश्रले तीन दिनदेखि धर्ना बसे पनि सरकारको कुनै ध्यानाकर्षण नभएको बताए । मन्त्रिपरिषद्को बैठकमार्फत सरकारले यो वर्षका लागि प्रतिक्विन्टल उखुलाई ५३६ रुपियाँ ६५ पैसा मूल्य निर्धारण गरेको छ ।
गोरखापत्र दैनिकबाट साभार ।

प्रतिकृया