• १८ भदौ २०८३, बिहीबार
  • ६ः४४ बेलुका

क्यान्सरपीडित विजेपी सांसद भेट्न मनिषा कोइराला अस्पतालमा

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ०७:४१

काठमाडौं , अभिनेत्री मनिषा कोइरालाले क्यान्सरपीडित भारतीय राज्यसभा सांसद अनिल बलुनीलाई भेटेकी छन्। क्यान्सर रोगलेपीडित उनी गत तीन महिनादेखि मुम्बईको एक निजी अस्पताल उपचाररत छन्। अनिललाई भेट्न पुगेकी कोइरालासँग भेट भएपछि सांसद बलुनीले फोटो सार्वजिनक गर्दे भनेका छन्, ‘आज अभिनेत्री कोइराला अस्पताल आएर मलाई भेटेकी छन्, म ज्यादै खुसी छु कि क्यान्सरविरुद्ध लड्न मेरो मनोबल बढेको छ।

कोइराला आफै पनि क्यान्सपर पीडित हुन्। उनले क्यान्सरलाई पराजित गरेकी छन्। यसअघि बलुनिलाई भेट्न भारतीय क्रिकेटर युवराज सिंह पनि अस्पताल पुगेका थिए।

Kamana Sewa

प्रतिकृया