• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

डुंगामा टाउको काटिएका शव भेटिएपछि…

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ०३:५३

एजेन्सी, सातवटा शव एउटा डुंगामा भेटिएको छ । डुंगा काठको हो र समुन्द्री छालले धकेल्दै किनारमा पुर्याएको हो । यो घटना जापानको साडो टापुको हो । जापानी समाचार एजेन्सी एनएचकेका अनुसार डुंगा उत्तर कोरियाको हो । शवमध्ये दुईवटाको टाउको काटिएको छ ।

डुंगा साँढे सात मिटर लम्बाई र ४ मिटर चौडाईको छ । दुई मिटर उचाई रहेको डुंगा उत्तर कोरियाको हो भन्ने प्रमाण अक्षर र रङका कारण पत्ता लागेको हो । विगतमा पनि उत्तर कोरियाबाट यसरी नै छालले धकेल्दै विभिन्न टापुमा डुंगा भेटिन्थ्यो । कतिपय डुंगामा शव भेटिन्थ्यो । उत्तर कोरियामा मृत्युदण्डका घटना धेरै हुनेगरेकाले त्यसतर्फ समेत आशंका गरिएको छ ।

Kamana Sewa

प्रतिकृया