• १८ भदौ २०८३, बिहीबार
  • ७ः३४ बेलुका

ठेकेदार पवन र चेतन अग्रवालको अनुसन्धान यसरी थन्क्याइयो

प्रकाशित मिति

२०७६ पुष ५ गते, शनिबार ०७:५७

काठमाडौं, मालपोत कार्यालय बारामा कार्यरत नासु मदनकुमार गुप्ताविरुद्व अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले १५ करोड भन्दा बढी अकुत सम्पति आर्जन गरेको अभियोगमा उनी उनका परिवारसमेतका विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेकोे झण्डै महिना दिनपछि आयोगले भन्सारमा कार्यरत अधिकृत कृष्णबहादुर बस्नेत र उनका परिवार एवं नाता गोताविरुद्व १० करोड भन्दा बढी को अकुत सम्पतीको मुद्दा द्दायर गरेको छ । अख्तियारले लामो समयदेखि यति ठूलो रकम अकुत सम्पती आर्जन गरेको भनी कार्मचारीविरुद्व मद्दा दायर गरेको हो ।

भष्ट्राचारमा लिप्त कर्मचारीहरुले आफू र आफ्ना एकाघरका परिवारका सदस्यहरुको नाँउमा मात्रै सम्पती नराखी नजिकका नातागोतादेखि घरमा काम गर्ने कामदार र तिनका आफन्तहरुका नाममा समेत सम्पती लुकाउने गरेको खुल्न आएको छ । हाल आयोगले विशेष अदालतमा अकुत सम्पतीमा मुद्दा बुझाएका कष्ण बहादुर बस्नेत आफ्ना लागिमात्र रकम असुल नगरि आफ्ना नजिककमा आफ्न्त तथा नातेदार समेत रहेका अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका लागिपनि रकम असुल्ने गर्र्दथे ।

Kamana Sewa

जतिवेला बस्न्यात अख्तियारको आयुक्त र पछि प्रमुख आयुक्त बने त्यतिबेला पूर्वक्षेत्रमा मात्रै नभएर भन्सा र राजस्वमा काम गरी अकुत सम्पती कमाएका धेरै कर्मचारीको कारबाहिबाट बच्ने सेटिङको काम यिनै बस्न्याँतबाट हुने गरेको थियो ।

Classic Tech Desktop

धरानस्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठानको स्थापनाकालखेखि नै करोडौ करोडका स्वास्थ उपचारका उपकरण लगायतका ठेक्काहरुको एकछत्र रुपमा आफ्नो कब्जामा पारी सप्लाईको काम गर्दे आएका स्थानिय ठेकेदार हरु पवन र उनका भाई चेतन अग्रवालको समुहले यितै कृष्णबहादुर बस्नेतमार्फत झण्डै १८ करोडको भ्रष्टाचारको प्रकरणमा बस्न्यातको तामेलीमा राख्न लगाएका थिए ।जनप्रहारबाट साभार।

प्रतिकृया