• २५ भदौ २०८३, बिहीबार
  • १०ः३३ राती

मन्त्री नेपाल: सरकारका काम कस्ता छन् मेरो क्षेत्रकै बाटो हेरे हुन्छ

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार ०६:४८

काठमाडौं, नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन्। उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

National Life

कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो। गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए। ‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदैछ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं। छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने। विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हँुदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।

नेपालले भने, ‘मेरो प्रश्न छ– विधानको व्यवस्था लागू गर्ने कि नगर्ने रु मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु। सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ।’ उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए। नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ। सचिवालयको निर्णय अनुमोदनमा स्थायी समिति सदस्य वेदुराम भुसालले पनि फरक मत रहने बताएका थिए। भुसाल नेता नेपाल निकट मानिन्छन्। नेपालले पार्टी कमिटीदेखि पार्टी निकट सामाजिक संघसंस्थामा समेत समानान्तर कमिटी बनाउने र आफूलाई किनरा लगाउने नीति लिएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए। उनले भने, ‘जिल्लाजिल्लामा पार्टी पनि समानान्तर बनाउँदै जाने काम भएको छ। सामाजिक संघसंस्था पनि प्रायः समानान्तर बनाउँदै लगिएको छ। समानान्तर कमिटीमार्फत मलाई बहिष्कार गरिँदै छ। यही हो पार्टी विधि रु यही हो परिपाटी रु ’

Classic Tech Mobile
Classic Tech Desktop

आलोचना गर्नेलाई पूर्वाग्रही ढंगले निषेध गर्ने परिपाटी चलेको भन्दै उनले त्यसलाई सुधार गर्न आग्रह गरे। ‘हामी आलोचना गर्नेलाई निषेध गरेर जान थालेका छौं। आलोचनाले पार्टी सप्रिन्छ’, नेपालले भने। सरकारले प्रभावकारी काम गरेको कुरा पार्टीलाई भन्दा जनतालाई गएर बुझाउन उनले आग्रह गरे। ‘सरकारले जुन काम गरेको छ, त्यो सबै मैले गरें भनेर पार्टी बैठकमा कन्भिन्स गरेर हँुदैन, जनता विश्वस्त छैनन्’, नेता नेपालले भने, ‘सरकारका काम कस्ता छन् मेरो क्षेत्रकै बाटो हेरे हुन्छ। प्रसूतिगृह जाने ठाउँमा तीनवटा खाल्टा छन्। एउटाले व्यथा लगाउँछ, अर्कोले चर्को व्यथा पार्छ र तेस्रो खाल्टाले बच्चा जन्माइदिन्छ। अनि अस्पताल लग्नै पर्दैन भनेर मान्छेले व्यंग्य कसेका छन्।’
अन्नपूर्ण पोष्ट्बाट साभार ।

प्रतिकृया