• २३ भदौ २०८३, मंगलबार
  • ११ः१४ राती

बलात्कारीलाई जन्मकैदको फैसला

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार १२:५२

तनहुँ, पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो ।

National Life

बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतकाले जनाएको छ । गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए ।

प्रतिकृया