• २२ भदौ २०८३, सोमबार
  • १ः४४ दिउँसो

कांग्रेसको बैठक स्थगित

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ०३:५२

काठमाडौं, नेपाली काँग्रेसको आज बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बैठक बोलाइएको भएपनि शिर्ष नेताहरु कार्यालयमा नपुगेपछि बैठक स्थगित भएको हो ।

National Life

विवादित विषयमा सहमति जुटाउन संस्थापन र असन्तुष्ट पक्षका नेताहरु आज पनि आन्तरिक छलफलमै ब्यस्त रहनुभएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा आज पनि असन्तुष्ट पक्षका नेताहरुवीच छलफल भएको थियो ।

संस्थापन पक्षसँगको छलफल सहमति उन्मुख रहेपनि मूलभूत विषयमा ठोस सहमति नभएकाले आज बस्ने भनिएको बैठक पनि स्थगित भएको हो । अर्को बैठक पुस ४ गते १ बजे बस्ने पार्टी कार्यलयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया