सिन्धुपाल्चोकको दुर्घटनामा ज्यान गुमाउने प्रति सांसद बस्नेतद्धारा दुःख एवं समवेदना प्रकट
प्रकाशित मिति
२०७६ मंसिर ३० गते, सोमबार १०:२६
भक्तपुर, प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को ६ किलोमा आइतबार विहान भएको बस दुर्घटनाले मर्माहित भएको बताउनु भएको छ ।
कालिन्चोक मन्दिर दर्शन गरेर भक्तपुरतर्फ फर्कदै गरेका यात्रु चढेको बा. ४ ख. ४४६८ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा भक्तपुरमा बसोबास गर्दै आएका बासिन्दाले ज्यान गुमाएकोमा आपूm निकै दुःखी भएको बताउनु भएको हो । सांसद बस्नेतले दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्रति दुःख एवं समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
सांसद बस्नेतले भन्नुभयो–“बिहान बस दुर्घटनामा परेर भक्तपुरका बासिन्दाको ज्यान गएको सुनेर निकै चिन्तित भएँ, थाहा पाए लगत्तै सिडिओ, प्रहरी र यहाँका बिभिन्न व्यक्तिहरुलाई सोधे, भक्तपु्रको आदर्शबाट कालिन्चोक दर्शन गर्न बस रिजर्भ गरेर गएकाहरु परेको सुनेर निकै मर्माहित भएको छु ।”
घट्नामा अधिकांश व्यक्ति पूर्वतिर स्थायी घर भई भक्तपुरका बिभिन्न ठाउँमा बसोबास गर्दै आएकाहरु परेको र १५ जनाको ज्यान गएको सुनेको बताउदै उहाँले घाईतेहरुको सफल र शिघ्र उपचार सेवा पुर्याउन अनुरोध गर्नुभयो ।
दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कने क्रममा यात्रु चढेको रिजर्भ बस लामोसाँघु जिरी सडक खण्डको छ किलोमा सडकबाट ५०० मिटर तल खस्दा १५ जनाको ज्यान गएको छ भने भने १९ जना घाइते भएका छन् । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको मृत्यु भएको छ ।






प्रतिकृया