• ३० भदौ २०८३, मंगलबार
  • ९ः०८ बिहान

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०१:१४

काठमाडौँ, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस आइतबार बिहान बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

National Life

यसअघि १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया