अवैध लागूऔषध गाँजासहित आठ जना पक्राउ
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०१:०५
काठमाडौं, विभिन्न जिल्लाबाट लागूऔषध गाँजासहित आठ जना पक्राउ परेका छन् ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–२० बिष्णुपादुका अछामे डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपनगरपालिका–२० तरहरा बस्ने २० वर्षीय बाबु बुढाथोकी र निरन राई रहेका छन् । अस्थाई प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ ईनर्वा भन्सारबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी सहित सोही ठाउँ बस्ने १९ वर्षीय फुम महमद मिया लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुर जिल्लाको बेलका नगरपालिका–८ बाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित भोजपुर हतुवागडी गाउँपालिका–७ बस्ने २२ वर्षीय जयप्रकाश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१२ प ७१०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






प्रतिकृया