• ७ असोज २०८३, बुधबार
  • ९ः३५ बिहान

मिस वर्ल्ड मल्टिमिडिया अवार्ड अनुष्कालाई

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार १२:४८

काठमाडौँ, मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।

National Life

अब हुने फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने उनले बताएकी छिन् । हेड टु हेडबाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्नेछिन्।

मिस मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छकलाई धन्यवाद दिएकी छिन् । मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया