मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा
प्रकाशित मिति
२०७६ मंसिर २४ गते, मंगलवार ०४:२५
काठमाडौँ, मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । मंगलबार ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।
प्रतिवेदनअनुसार दक्षिण एसियाको मानव विकासको सूचाँक ४६ प्रतिशतले बढेको छ । एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्याडपछि थाइल्याण्ड दोस्रोमा रहेको छ ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो ।
मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।






प्रतिकृया