• २५ भदौ २०८३, बिहीबार
  • ५ः१५ बेलुका

वीरगञ्जमा आमा छोरीको शब फेला

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ११:१९

वीरगंञ्ज, वीरगञ्ज महानगरपालिका वडा न. १२ नया टोलमा सोमबार साँझ आमा छोरीको शब फेला परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा न. २६ सिसुवा महेशपुर घर भई मुर्ली नया टोल निवासि मोहन झाको घरमा कोठामा बस्दै आएका आमाछोरीको शब सोमबार कुहिएको अवस्थामा फेला परेको छ ।

National Life

घरमा धेरै दुर्गन्ध फैलिएपछि घरपेटी झाले वडा प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय श्रीपुरको टोलिले ढोकाको ताला टुटाएर हेर्दा कुहिएको अवस्थामा पेन्टिंगको काम गर्दै आएका पवन साहकी श्रीमति अन्दाजि २२ बर्ष र अन्दाजि २ बर्षकी छोरीको शब फेला परेको प्रहरी निरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

अहिले प्रहरीले मुचुल्का उठाइरहेको र निजका श्रीमान फरार रहेको हुँदा खोज तथा अनुसन्धान तिव्र पारिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया