• ३१ भदौ २०८३, बुधबार
  • ८ः४२ राती

सरकार र निजी मेडिकल कलेज सञ्चालकबीचको सहमति प्रति विद्यार्थीको असन्तुष्टि, शुल्कफिर्ता नगरे आन्दोलन थप चर्काउने चेतावनी

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार १२:२६

काठमाडौं, चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति आपूmहरुलाई मान्य नभएको घोषणा गरेको छ ।

National Life

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले तत्काल २०७२/०७३ देखि भर्ना भएका विद्यार्थीहरुसँग असुलिएको अतिरिक्त शुल्कफिर्ताको माग गरेको छ । अन्यथा चिकित्सा शिक्षा संघर्ष समितिले आगामी दिनबाट अझ कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी पनि दिएको छ ।

मेडिकल कलेजहरुले अहिलेसम्म लिइएको अतिरिक्त शुल्क फिर्ता नगरे त्रि.वि. सम्बन्धन प्राप्त सबैमा कुनैपनि शैक्षिक कार्यक्रममा सहभागी नहुने उनीहरुको चेतावनी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी २०७२/०७३ र ०७३/०७४ का विद्यार्थीहरुको हकम ाभएको फितलो सम्झौतालाई नसच्याइएको खण्डमा अस्पताल केन्द्रित आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुले बताएका छन् । विद्यार्थीहरुको जायज मागलाई सरकारले बेवास्ता गरे संघर्ष समितिमा आजको दिनबाट योङ्ग डाक्टर एसोसिएसन (वाई.डी.ए.), डाक्टर सोसाइटी अफ नेपाल (डी.सन.), गोभरमेन्ट डाक्टर एशोसिएसन नेपाल (गोदान) लगायतका चिकित्सक संगठनहरुबीच एक ठाउँमा उभिएको हुँदा उक्त आन्दोलनमा चिकित्सकहरु पनि सामेल हुने भएका छन् ।

कार्यक्रममा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले उक्त आन्दोलन डाक्टर पढ्नेको मात्रै नभएर नर्सिङ, फार्मेसी, ल्याब सबैको लागिभएको दावी गरे । उनले निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच भएको अतिरिक्त शुल्क फिर्ताको शुल्कफिर्ता कसले गर्ने भन्ने स्पष्ट नभएको प्रति असन्तुष्टि व्यक्त गरे ।

त्यस्तै,योङ्ग डाक्टर एसोसिएसनका अध्यक्ष चेतन बस्नेतले सरकारले गरेको सहमति मेडिकल कलेज सञ्चालकको लागि हो कि विद्यार्थीको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने बताए।

संघर्ष समितिका महासचिव अनिल सिन्हाले सरकारसँग भएको सहमति अनुसारको बढि शुल्क तुरुन्त फिर्ता गर्नु पर्ने त्यसमा ढिलाई गरे आफूहरुले आन्दोलनलाई सबै सरकारी अस्पताल सम्म पु¥याउने चेतावनी दिए । उनले निजी चिकित्सालयले श्रमशोषण गरेकाले सबै मेडिकल अफिसरहरुको तलब सरकारले तोकेअनुसार हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया