सिटिइभीटी र उद्योग महासंघबीच सम्झौता, सियपुक्त जनशक्ति उत्पान गरी रोजगारीको अवसर प्रदान गरिने
प्रकाशित मिति
२०७६ मंसिर १० गते, मंगलवार १०:१८
देशमै सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरि यहीँ रोजगारीको ग्यारेन्टी दिन्छौ : स्सदस्य सचिव डा.वाग्ले
सिप र बजार बिचको खाडल पुर्न सम्झौताले मुख्य भुमिका खेल्नेः महासंघका अध्यक्ष गिरी
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायीक शिक्षा परिषद् (सिटिइभीटी) र घरेलु तथा साना उद्योग महासंघबिच सम्झौता भएको छ । सोमबार काठमाडौंमा उद्योग क्षेत्रमा आवश्यक सिप पहिचान गरी सोही अनुरुप सिप विकासको माध्यमबाट सियपुक्त जनशक्ति उत्पान गरी रोजगारीको अवसर प्रदान गर्न दुई निकाय बीच सम्झौता गरिएको हो । सिटिइभिटीका सदस्य सचिव डा। पुष्परमण वाग्ले र महासंघका अध्यक्ष श्यामप्रसाल गिरीले समौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौतामा संघ प्रदेश र स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रम संचालन गर्ने, दुई निकायबीच आवश्यकता अनुसार समन्वय गर्ने,तालिम प्रदायक शिक्षण संस्थाहरु, शिक्षालयमार्फत संञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रमका प्रशिक्षाथीहरुलाई महासंघका सदस्य उद्योग व्यवसायहरुमा कार्यस्थल प्रशिक्षण दिने, औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान,औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यको लागि महासंघले सहयोग गर्ने, गुणस्तरीय सुनिश्चितताको लागि संयुक्त रुपमा नियमित अनुगमन र निरीक्षण गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा सदस्य सचिव डा। वाग्लेले अब देशमै सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिने र उनीहरुलाई यहीँ रोजगारीको ग्यारेन्टी गरिने बताउनुभएको छ । डा.वाग्लेले देशमा भएको जनशक्तिमा सीपमूलक ज्ञान नभएको र रोजगारीको अवसर पनि कम भएकाले २ संस्थाले हातेमालो गरेर यो समस्या निराकरण गर्ने बताउनुभयो । उहाँले अब विदेश जान चाहने युवाको पनि सीप परीक्षण गरेर मात्रै भिसा प्रक्रिया हुने अवस्था सिर्जना गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।
उहाँले नेपालमा रोजगारीको अवसर नभएको भन्दै करिब ५० लाख युवा वैदेशिक रोजगारीमा रहेको जनाउनुभयो । उहाँले बिनासीप विदेश जानाले पनि नेपाली युवाले दुःख पाइरहेको बताउनुभयो । त्यसैले अब विदेश जान चाहनेलाई पनि सीपयुक्त बनाउने गरी आफूहरुले योजना बनाएर काम गर्ने र त्यसमा सघाउन सम्पूर्ण युवालाई उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष गिरीले सिप र बजार बिचको खाडल पुर्न सम्झौताले मुख्य भुमिका खेल्ने बताउनुभयो । उहाँले सरकारले हालसम्म लगानी गरेको तालिमले सोचेजति उपलब्धता हासिल गर्न नसकेको आरोप लगाउदै अबको सम्झौताले सिपमुलक जनशक्ति उत्पादन हुने दाबी गर्नुभयो ।
उहाँले हाल श्रम बजारमा वार्षिक ५ लाख युवाहरु रोजगारीको खोजीमा प्रवेश गरेको पाइएको र ती मध्य रोजगार बजारको क्षमता करिब १ लाख भन्दा कम रहेको पाइएको तथ्याङकमा उल्लेख रहेको बताउनुभयो ।






प्रतिकृया